सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा अज्ञात रोगले सयौं बिरामी, रगतमा भेटियो लिड र निकेल धातु

भारतमा अज्ञात रोगले सयौं बिरामी, रगतमा भेटियो लिड र निकेल धातु

कोरोना महामारीले पूरै विश्वलाई आक्रान्त बनाइरहेका बेला भारतको एउटा राज्यमा सयौं मानिस रहस्यमय तरिकाले बिरामी परेका छन्।
 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- कोरोना महामारीले पूरै विश्वलाई आक्रान्त बनाइरहेका बेला भारतको एउटा राज्यमा सयौं मानिस रहस्यमय तरिकाले बिरामी परेका छन्।

आन्ध्र प्रदेशमा एकैपटक सयौं मानिसलाई वाकवाकी लाग्ने, आँखामा समस्या हुने, बेहोस हुने आदि लक्षण देखिएको छ। 

अस्पताल भर्ना भएका पाँच सयभन्दा बढीको परीक्षण गर्दा उनीहरुको रगतमा लिड र निकेल धातु भेटिएको बताइएको छ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) ले गरेको अनुसन्धानको प्रारम्भिक नतिजाअनुसार बिरामीको रगत स्याम्पलमा लिड र निकेलको निशान फेला परेको छ। एम्स टोलीले सयभन्दा धेरै रगतका स्याम्पल परीक्षण गरेको थियो। गर्भवतीको दूधको स्याम्पल पनि परीक्षण भइरहेको बताइएको छ। 


यसबारे इन्डियन इन्स्टिच्युट अफ केमिकल टेक्नोलोजी र आइआइसीटीले परीक्षण गरिरहेका छन्। यसअघि एम्सले त्यस क्षेत्रको पानीको पनि परीक्षण गरेको थियो। पानीमा भने कुनै बाहिरी पदार्थ भेटिएको छैन। 

अहिलेसम्म यो रहस्यमयी स्वास्थ्य समस्याका कारण ५०५ बिरामी अस्पताल भर्ना भएकोमा ३०० जना डिस्चार्ज भइसकेका छन् भने एकजनाको मृत्यु भएको बताइएको छ। 
 

प्रकाशित: Dec 10, 2020| 00:26 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।