शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • घानामा निर्वाचनकाे क्रममा हिंसात्मक घटना हुँदा पाँचजनाको मृत्यु

घानामा निर्वाचनकाे क्रममा हिंसात्मक घटना हुँदा पाँचजनाको मृत्यु

घानामा निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

घाना- घानामा निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 

National life

प्रहरी अधिकारीहरूले निर्वाचन भएको क्षेत्रमा कुल ६१ घटना भएको र केही घाइतेसमेत भएको जनाएका छन्।

‘देशभरि निर्वाचनसँग सम्बन्धित ६१ वटा घटना भएको विवरणहरू हामीलाई प्राप्त भएका छन्,’ प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। 

निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभर भएको घटना विवरण सार्वजनिक गरेको हो।  

कुल घटनामध्ये ६ वटा घटनामा गोलीको प्रयोग भएको पनि प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। 

Laxmi sunrise bank
kumari

कडा प्रतिस्पर्धा देखिएको राष्ट्रपतीय निर्वाचनको नतिजा पुष्टि हुनु अगाडि नै हिंसात्मक घटनाको विवरण सार्वजनिक गरिएको हो।

निर्वाचन आयोगले देशका १६ क्षेत्र मध्ये सात क्षेत्रको मात्रै नतिजा सार्वजनिक गरेको छ।

सार्वजनिक भएको विवरणअनुसार विपक्षीतर्फका उम्मेदवार जोन महामा थोरै मतान्तरले अगाडि छन् भने वर्तमान राष्ट्रपति नाना अकुफो अड्डो पछाडि परेका छन्। 

गत सोमबार भएको राष्ट्रपतीय तथा संसदीय निर्वाचन सामान्यतः शान्त, स्वतन्त्र र निष्पक्ष नै भएको मानिएको छ। तर, पछिल्लो समयमा निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउन थालेको छ।

घानाको निर्वाचनका लागि बालिग मताधिकार सूचीमा एक करोड ५० लाख भन्दा बढी मतदाताहरूको नाम दर्ता भएको थियो।

मुलुकभरका २९ हजार मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि नै मतदानको व्यवस्था गरिएको थियो। स्थानीय समयानुसार बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको थियो। 

पश्चिमी अफ्रिकी राष्ट्र घानामा राष्ट्रपति र सांसदहरूको कार्यकाल चार वर्ष हुने संविधानमा उल्लेख गरिएको छ। रासस

प्रकाशित: Dec 09, 2020| 15:22 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।