सोमबार, जेठ ४, २०८३

प्रधानाध्यापक श्रेष्ठको हत्यारामाथि कारबाही गर्न शिक्षक संघको माग

‘श्रेष्ठको अपहरणपछि गरिएको बिभत्स र नृशंस हत्याले संघलाई स्तब्ध र आक्रोशित बनाएको छ।’
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– नेपाल शिक्षक संघले मोरङको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। संघले बुधबार शिक्षक हत्याको भत्र्सना गर्दै यस्तो माग गरेको हाे। 

National life

संघले भनेको छ, ‘श्रेष्ठको अपहरणपछि गरिएको बिभत्स र नृशंस हत्याले संघलाई स्तब्ध र आक्रोशित बनाएको छ।’

प्रधानाध्यापक श्रेष्ठलाई मंगलबार घरबाट अपरहण गरी घाँटी रेटेर हत्या गरिएको थियो। उनको हत्याको जिम्मेवारी विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले लिएको छ। 

संघले इमानदारी र कर्तव्यपरायणताका साथ शिक्षण पेसामा कर्तव्यरत शिक्षकको बर्बर र आततायी ढंगबाट गरिएको कायरतापूर्ण हत्याको निन्दा गरेको छ। 

संघको विज्ञप्तिमा जुनसुकै नाम तथा बहानामा हत्या गरिएको भए तापनि तत्काल दोषीको पहिचान, गिरफ्ता र हदैसम्मको कारबाही, हत्या गरिएका शिक्षकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ। 

यी माग पूरा नभए शिक्षकहरुको सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी संघले दिएको छ। संघले विद्यालयलाई शान्ति क्षेत्र बनाउने सरकार र दलहरुको प्रतिबद्धतालाई कार्यान्वयन गर्न र शैक्षिक अमनचयन कायम गर्न प्रभावकारी पहलकदमी लिनका लागि सरकार र दलहरुको ध्यानाकर्षण गराएको छ। 

संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुको सुरक्षाको पूर्ण ग्यारेन्टीको अवस्था निर्माणका लागि शिक्षा मन्त्रालयको समेत ध्यानाकर्षण गराउँद छौं।’ 

संघका वरिष्ठ उपाध्यक्ष यमपी भुसालले व्यक्ति हत्या निन्दनीय रहेको भन्दै शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याको विरोधमा एकजुट हुन सबै शिक्षकहरुलाई अपिल गरेका छन्।

  
 

प्रकाशित: Dec 09, 2020| 10:52 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्