बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सय दिनमा १० करोड अमेरिकीले कोरोनाको भ्याक्सिन पाउँछन् : बाइडेन

सय दिनमा १० करोड अमेरिकीले कोरोनाको भ्याक्सिन पाउँछन् : बाइडेन

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपति पद सम्हालेको सय दिनभित्र १० करोड अमेरिकीले कोरोना भाइरसको भ्याक्सिन पाउने घोषणा गरेका छन्।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपति पद सम्हालेको सय दिनभित्र १० करोड अमेरिकीले कोरोना भाइरसको भ्याक्सिन पाउने घोषणा गरेका छन्। बाइडेनले आगामी जनवरी २० तारिखमा शपथ ग्रहण गर्दैछन्।

National life

आफ्नो स्वास्थ्य टिम घोषणा गर्दै बाइडेनले अमेरिकी नागरिकलाई कम्तीमा सय दिन मास्क लगाउन पनि अपिल गरेका छन्। 

अमेरिकाले फाइजर–बायोएनटेकलाई भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छ। 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा डेढ करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख ८५ हजारको ज्यान गएको छ। संक्रमण र मृतक दुवै मामलामा अमेरिकामा विश्वमै पहिलो नम्बरमा छ। 

उता, बेलायतमा मंगलबारबाट आम मानिसलाई कोरोनाको भ्याक्सिन लगाउन सुरु गरिएको छ। बेलायतले पनि फाइजरलाई नै अनुमति दिएको छ। फाइजरको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ।

Laxmi sunrise bank
kumari

पूरै सुरक्षित हुनका लागि यसको दुई डोज लिनुपर्ने हुन्छ। 
 

प्रकाशित: Dec 09, 2020| 05:50 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।