आइतबार, असार २८, २०८३

रंगभेदी व्यवहारले पीएसजी र स्तानबुलको खेल स्थगित

पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाक्षेरबीच मंगलबार राति तय गरिएको खेल १४ मिनेटपछि स्थगित भएको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्तानबुल बासाक्षेरबीच मंगलबार राति तय गरिएको खेल १४ मिनेटपछि स्थगित भएको छ। खेलको दौरान यूईइफएका फोर्थ अफिसियलले स्तानबुलका ब्याकरुम स्टाफमाथि रंगभेदी व्यवहार गरेकाले खेल स्थगित भएको हो।

स्तानबुलले फोर्थ अफिसियल सेबास्टियन कोल्टेस्कुविरुद्ध एसिस्टेन्ट कोच पियरे वेबोलामाथि रंगभेदी टिप्पणी गरेको आरोप लगाएको छ।

पूर्व क्यामरुन खेलाडी वेबोले वादविवादका क्रममा मैदानको टचलाइन छोएपछि उनलाई रातो कार्डसमेत देखाइएको छ। केही मिनेटको वादविवादपछि स्तानबुलका खेलाडीसहित अफिसियलले आन्दोलनस्वरुप मैदान छोडेपछि खेल स्थगित भयो।

इस्तानबुलका साथै पीएसजीका खेलाडीले पनि उनीहरुलाई साथ दिँदै मैदान खाली गरेका थिए।

समूह एच अन्तर्गतको खेलको १४ औं मिनेटपछि यस्तो घटना भएकाले आज राति ११ः४० बाट सुरु हुने खेल १४ मिनेछपछिबाट सुरु भएको मानिनेछ।

गएरातिकोे सुरुवाती खेल गोलरहित बराबरीमा रोकिएको थियो। अब हुने खेलमा नयाँ अफिसियलहरु राखिने यूईएफएले बताएको छ।

यूईइफएले एक सूचना जारी गर्दै भनेको छ, ‘यूईएफएले दुवै क्लबसँगको गफगाफपछि बाँकी समयको खेल बुधबार गराउने भएको छ। जहाँ नयाँ म्याच अफिसियल हुनेछन्।’

त्यस्तै, उसले घटनाको छानविन गर्नका लागि अनुसन्धान चाँडै थालिने पनि बताएको छ। खेलका दौरान इतानबुलका फरवार्ड डेम्बा बाले अफिसियललाई टचलाइनबाट प्रश्न गर्दै थिए, ‘किन, जब तपाई कालो मान्छेलाई बोलाउनु हुन्छ, कालो मान्छे भन्नुहुन्छ, किने ?’

त्यस्तै, टिभी फुटेजमा पीएसजीका डिफेन्डर प्रसस्नल किम्बाप्पेले, ‘के उनी सिरियस छन् ? हामी अघि बढ्दै छौं।’ भन्ने अभिव्यत्ति दिएको सुनिन्छ।

यता पीएसजीका फरवार्ड केलियन एम्बाप्पेले गएरातिको घटनापछि ट्वीटरमा लेखेका छन्, ‘रंगभेद अस्वीकार गरौँ। वेबो हामी तपाईंसँग छौं।’ लितगर्फ समूह एचकै अर्को खेलमा लाइप्जिकले म्यानचेस्टर युनाइटेडलाई हराएपछि पीएसजी नकआउट चरणमा प्रवेश गरेको छ।

प्रकाशित: Dec 09, 2020| 02:41 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।