आइतबार, असार २८, २०८३

चेल्सीको अपराजित यात्रा कायमै, सेभियाको सहज जित

समूह चरणका सबै खेल सकिदा चेल्सीले चार जित र दुई बराबरी खेलेर अपराजित रहँदै १४ अंक समेत बनाएको छ। १४ अंकसहित ऊ समूह ईको शीर्षस्थानमा छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- जारी च्याम्पियन्स लिगमा प्रिमियर क्लब चेल्सीले अपराजित यात्रा कायम राखेको छ।

समूह चरणका सबै खेल सकिदा चेल्सीले चार जित र दुई बराबरी खेलेर अपराजित रहँदै १४ अंक समेत बनाएको छ। १४ अंकसहित ऊ समूह ईको शीर्षस्थानमा छ।

घरेलु मैदानमा मंगबार राति सम्पन्न खेलमा रसियन क्लब क्रस्नोदरसँग १–१ गोलको बराबरी खेल्दै चेल्सीले अपराजित यात्रा कायम गरेको हो।

खेलको २४ औं मिनेटमै क्रस्नोदरका तर्फबाट रिमी क्याबेलाले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका  थिए। तर पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै चेल्सीले खेललाई बराबरीमा ल्यायो।

एक गोलले पछि परेको अवस्थामा क्रस्नोदरका किइयोले टमी अब्राहमलाई डि बक्सभित्र लाडाएपछि चेल्सीले पेनाल्टी पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै जर्गिन्होले गोल गरेर खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा बराबरी भएको खेल दोस्रो हाफ पनि सोही नतिजाका साथ टुंगिएको हो।

त्यस्तै समूह ईकै अर्को खेलमा स्पेनिस क्लब सेभियाले फ्रेन्च क्लब रेन्निसलाई ३–१ गोलले पराजित गरेको छ।

जितसँगै सेभियाले समूह चरणमा १३ अंक बनाएको छ। ऊ एक खेल अगावै लिगको अघिल्लो चरणमा प्रवेश गरिसकेको छ।
 

प्रकाशित: Dec 09, 2020| 01:42 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।