आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको छ।

आरबी लाइप्जिकको मैदानमा सम्पन्न खेलमा घरेलु टिमसँग ३–२ गोलको हार बेहोर्दै युनाइटेड बाहिरिएको हो।

प्रतिस्पर्धात्मक खेलमा जितसहित लाइप्जिक भने च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। लाइप्जिक गत वर्षको च्याम्पियन्स लिगमा अन्तिम चारसम्म पुगेको थियो।

गएरातिको खेलमा लाइप्जिकको जितका लागि एन्जेलिनो, अमाडोउ हैडरा र जस्टिन लुइवर्टले समान १–१ गोल गरे। यता तीन गोलले पछि परेको अवस्थामा युनाइटेडका ब्रुनो फरर्नान्डेसले गोल गर्दै खेलमा फर्कन चाहे।

साथै ६१ औं मिनेटमा मैदान छिरेका पाउल पोग्वाले गोल गरेपछि युनाइटेड ३–२ गोलले पछि परेको थियो। तर अन्य गोल थप्न नसक्दा युनाइटेडले समूह चरणबाटै लिगको आगामी यात्रामा पूर्णविराम लगाएको छ।

पराजित युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा छ भने लाइप्जिक १२ अंकका साथ दोस्रो स्थानमा छ। यसअघि शीर्षस्थानका पीएसजी, लाइप्जिक र युनाइटेडको समान ९ अंक थियो।

लिगमा समूह एचकै अर्को खेल भने स्थागित भएको छ।
 

प्रकाशित: Dec 09, 2020| 01:33 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।