आइतबार, असार २८, २०८३

रोनाल्डोको दुई गोलमा बार्सिलोनाविरुद्ध युभेन्टस विजयी

बार्सिलोनाको क्याप नाउ रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै इटालियन क्लब युभेन्टसले ३–० गोल अन्तरको जित निकालेको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं – बार्सिलोनाको क्याप नाउ रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै इटालियन क्लब युभेन्टसले ३–० गोल अन्तरको जित निकालेको छ।

च्याम्पियन्स लिगमा अपराजित बार्सिलोना समूह चरणको अन्तिम खेलमा पराजित भएको हो।

युभेन्टसको जितका लागि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने म्याक केनिनले एक गोल गरे।

खेलको १२ औं मिनेटमा बार्सिलोनाका सेन्टर ब्याक रोनाल्ड अराउजोले रोनाल्डोलाई डीबक्सभित्र लडाएपछि युभेन्टसले पेनाल्टी पाएको थियो।

उनले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै सुरुवाती अग्रता बनाए। त्यस्तै, वेस्टोन म्याक केनिनले अग्रतालाई दोब्बर बनाउन ढिलो गरेनन्।

जुवन कुआड्रोको पासमा गोल गर्दै म्याक केनिनले २० औं मिनेटमा गोल गरेपछि पाहुना टिम दुई गोलले अघि बढ्यो।

यससँगै पहिलो हाफमा दुई गोलले अघि रहेको युभेन्टसले दोस्रो हाफमा पनि एक गोल थप्यो यसपटक रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरे।

गोलकिपर टेर स्टेगेनको रक्षालाई परास्त गर्र्दै रोनाल्डोले गोल गरेपछि युभेन्टसले तीन गोल बनायो।

खेलको ७६ औं मिनेटको गोल भने रेफ्रीले मान्यता दिएनन्। रोनाल्डोले ६ यार्डबाट प्रहार गरेको बल पोस्टभित्र छिर्नुअघि नै अर्का फरवार्ड बाउन्सी अफसाइड भएपछि रेफ्रीले गोल मान्यता नदिएका हुन्।

यता बार्सिलोनाले गरेको ७ सुट नै इटालिका पूर्व राष्ट्रिय गोलरक्षक गियनलुगी बुफनले पोस्टभित्र छिर्न दिएनन्।

जितसँगै युभेन्टस समूह जीको शीर्षस्थानमा उक्लिएको छ। समूहमा बार्सिलोना र युभेन्टसको समान १५ अंक छ। गोलअन्तरका आधारमा युभेन्टस शीर्षस्थानमा उक्लिएको हो।

दुवै टिम लिगको अघिल्लो चरणमा प्रवेश गरिसकेका छन्। सोही समूहको अर्को खेलमा डायनामो किवे फेरेन्कवरेसलाई १–० गोलअन्तरले पराजित गरेको छ।
 

प्रकाशित: Dec 09, 2020| 01:00 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।