सोमबार, जेठ ४, २०८३

अब कक्षा १ देखि १० सम्मको पठन सामग्री एपमा

कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकका पठन सामग्रीको एप निर्माण गरिएको छ।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– कक्षा १ देखि १० को पाठ्यक्रम र पाठ्यपुस्तकका पठन सामग्रीको एप निर्माण गरिएको छ।

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  निर्माण गरेको ‘इ–क्लास नेपाल’ एप  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार सार्वजनिक गरेका हुन्।

एपमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकालागयतका सिकाइ सामग्री छन्। स्कुलमा भौतिक रुपमा कक्षा सञ्चालन नहुँदा सिकाइका लागि यी सामग्री सहयोगी हुने मन्त्रालयको विश्वास छ। 

मन्त्री पोखरेलले कोभिडको महाविपत्ति सम्बोधन गर्न वैकल्पिक सिकाइका विभिन्न मोडेल अपनाइरहेको बताए।

उनले भने, ‘महामारीका बेला विद्यार्थीको सिकाइ प्रक्रिया निरन्तर जारी राखिएको छ।’ 

प्रकाशित: Dec 08, 2020| 09:02 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्