आइतबार, असार २८, २०८३

मेस्सीको समस्या मनोवैज्ञानिक हो, फुटबलसम्बन्धी होइन : पिर्लो

इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीको समस्या फुटबलसँग सम्बन्धित नभएको बताएका छन्।
 |  मंगलबार, मंसिर २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०७७

काठमाडौं– इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीको समस्या फुटबलसँग सम्बन्धित नभएको बताएका छन्।

प्रशिक्षक पिर्लोले खेलको कुनै पनि पक्षसँग समस्यामा नरहेको दाबी गरेका मेस्सी सिजनको सुरुमा विवादका कारण क्लब छोड्ने अवस्थामा पुगेका थिए।

पिर्लोको बुझाइमा गत समरमा भएको प्रकरणका कारण मेस्सीलाई जारी सिजनमा समस्यासमेत भएको छ। जहाँ अर्जेन्टिनी फुटबलरले आफू क्याटलान क्लब छोडेर इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने बताएका थिए।

‘मेस्सी फुटबल करिअरको होइन, जीवनको विशेष अवस्थामा छन्, किनभने बितेको गर्मीमा उनी समस्यामा थिए,’ च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेलअघिको प्रेस कन्फरेन्समा पिर्लोले भने, ‘यो उनी बार्सिलाना बस्छन् वा बस्दैनन् भन्नेमा केन्द्रित थियो।’

उनले थपे, ‘तर विवादपछिका खेलमा उनले आफ्नो मूल्य सावित गरे। फुटबलसम्बन्धी समस्या नभएर मेस्सीको समस्या मनोवैज्ञानिक हो। तर म यो विषयसँग सरोकार राख्दिन, यसले मलाई फाइदा पनि गर्दैन।’

पिर्लोका अनुसार मेस्सी नजरअन्दाज गर्न नसकिने खेलाडी हुन्। च्याम्पियन्स लिगमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै आइरहे पनि घरेलु लिगमा हार बेहोरेका कारण उसले ठूलो आलोचना खेप्नुपरेको छ। तर पिर्लोको शब्दमा क्याटलान क्लब अहिले अप्ठ्यारो अवस्थामा छैन।

‘बार्सिलोनाको गति धेरै तलमाथि छ तर उसले धेरै राम्रो खेल पस्किरहेको छ। क्लबमा प्रशिक्षकको भूमिका राम्रो देखिएको छ,’ उनले थपे, ‘उनीहरु दबाबमा छैनन्।’

प्रशिक्षक पिर्लोले बार्सिलोनाविरुद्धका आजको खेल चुनौतिपूर्ण रहेको बताएका छन्। क्याम्प नाउमा हुने खेलमा आफूले सय प्रतिशत दिने पनि उनले बताएका छन्।

‘हामी खुल्ला खेल खेल्नेछौं र हामीले हार्नुपर्ने छैन। पहिलो लेगको गल्तीले हामीलाई पाठ सिकाएको छ,’ उनले भने।

सन् २०१८ मा क्रिस्टियानो रोनाल्डो स्पेनबाट इटालियन क्लबमा गएपछि उनीहरु एकै मैदानमा पहिलो पटक भेट हुँदैछन्।

‘उनीहरुमध्ये एउटा राम्रो भन्ने हो भने त्यो उत्तर गलत हुनेछ,’ पिर्लोले भने, ‘उनीहरुले आफ्नो ट्यालेन्ट देखाइरहेका छन्। दुवै खेलाडीले बालोन डी’ओेर अवार्ड पनि सेयर गरेका छन्। उनीहरुले फुटबलमा धेरै कुरा गरेका छन्।’
 

प्रकाशित: Dec 08, 2020| 05:53 मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।