मंगलबार, चैत १०, २०८२

बाला चतुर्दशीमा पशुपतिमा दीपदान गर्न नपाइने

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवंगत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडाैं। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवंगत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ।

National life

त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ। तर, यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएपछि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिए पनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए। 

बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए। कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मंसिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले जनाएको छ।

कोरोना महामारी बढेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस १ गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको छ।

Laxmi sunrise bank
kumari

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनलाई मन्दिर प्रवेश गराई दर्शनको व्यवस्था मिलाइने कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए। रासस

प्रकाशित: Dec 07, 2020| 14:56 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्