आइतबार, असार २८, २०८३

सन् २०३२ को ओलम्पिकका लागि क्वीन्सल्यान्डले दाबी गर्ने

अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

सिड्नी- अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यले सन् २०३२ को ओलम्पिक खेल आयोजनाका लागि आफूले प्रस्ताव अगाडि सार्ने घोषणा गरेको छ। 

कोरोनाभाइरस महामारीका कारण ओलम्पिक खेल आयोजना गर्नेसम्बन्धी यसअघि गरिएका तयारी स्थगन गरिए पनि अब चाँडै यसबारेमा प्रयत्न थालिने उक्त राज्यका अधिकारीहरूले बताएका छन्।

राज्यकी मुख्यमन्त्री अनास्तासिया पालास्जुकले सोमबार ओलम्पिक कार्यदल गठन प्रक्रिया थालनी गरिएको जानकारी दिइन्। उनले कार्यदलको सुझाव बमोजिम क्वीन्सल्यान्डमा ओलम्पिक खेल ल्याउन प्रयत्न गरिने बताइन्।

उनले कार्यदलका सदस्यहरूले सन् २०२१ को जुलाई २३ का लागि तय भएको टोक्यो ओलम्पिकका गतिविधिलाई नजिकबाट नियालिरहेको जानकारी दिइन्।

उनले भनिन्, “कोरोनाभाइरसको संकटपछिको विश्वमा टोक्यो ओलम्पिकको विकासक्रमलाई हामीले ध्यान दिनुपर्छ।”

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष एवं अस्ट्रेलियाली ओलम्पिक कमिटीका अध्यक्ष जोन कोट्ससँग सोमबार नै मुख्यमन्त्री पालास्जुकले भेटवार्ता गरेकी थिइन्।

कोट्सका अनुसार सन् २०३२ को ओलम्पिक आयोजनाका लागि हालसम्म पाँचवटा देशले चासो देखाएका छन्।

कोट्सले अस्ट्रेलियामा कोरोनाभाइरसको संक्रमण लगभग नियन्त्रणमा आइसकेकाले सबै अस्ट्रेलियावासीले ओलम्पिक खेलको आयोजनाका बारेमा सकारात्मकरूपमा सोच्न सक्ने बताए।

उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले जापानका प्रधानमन्त्री योसिहिडे सुगासँग गत महिना टोक्योमा भेटवार्ता भएको र टोक्यो ओलम्पिक निर्धारित मितिमै हुनेमा दुबै नेता सहमत भएको पनि जानकारी दिए। रासस

प्रकाशित: Dec 07, 2020| 12:33 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।