बिहीबार, भदौ २५, २०८३

पोखरा उच्च बारको अध्यक्षमा पौडेल निर्विरोध !

उच्च अदालत बार पोखराको अध्यक्षमा नारायणप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

पोखरा- उच्च अदालत बार पोखराको अध्यक्षमा नारायणप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट एकल उम्मेदवारी परेपछि उम्मेदवार पौडेल निर्विरोध निर्वाचित भएका हुन्। बारको निर्वाचन कार्यसूचीअनुसार आइतबार मनोनयन दर्ता कार्यक्रम थियो।

नेकपा निकट नेपाल लयर्स एसोसिएसन (एनएलए) ले उम्मेदवारी दर्ता नै नगराएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता ध्रवमोहन भट्टराईले बताए। निर्वाचनको औपचारिक घोषणा भने हुन बाँकी छ। 

उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दीपेन्द्र अर्याल र सहसचिवमा बिनिता नेपालीले उम्मेदवारी दिएका छन्। 

सदस्यमा भगवान अधिकारी, दुर्गाप्रसाद कोइराला, अनन्त कोइराला, भीमप्रसाद पौडेल, गीताकुमारी लामिछाने, रच्चु आले, वीरेन्द्रप्रसाद कानु, कमलनाथ कुँवरले मनोनयन दर्ता गराएका छन्। 

नेपाल लयर्स एसोसिएसन (एलएलए) ले भने डिएलएले विगतका सहमति बारम्बार तोड्दै आएकाले यो चुनावमा उम्मेदवारी नदिने निर्णयमा पुगेको बताएको छ। एनएलए कास्की संयोजक शुकदेव गौतमले बारमा सबै सदस्यको अपनत्व महसुस गराउने सहमतिमा जान राखिएका प्रस्ताव डिएलएले अस्वीकार गरेको बताए। 

आगामी २ वर्षका लागि उच्च बारको चुनाव हुन लागेको हो। ४ सय ३३ सदस्य रहेको उच्च बारमा डिएलएको प्रष्ट वहुमत छ।

एनएलको भन्दा १ सय १० मत बढी रहेको डिएलएको दाबी छ। सदस्य बाहुल्य भएकै कारण वर्तमान र यसअघिको कार्याकालमा बार कार्यसमितिमा प्रगतिशीलले उम्मेदवार विजयी हुन सकेनन्। वर्तमान समितिका लागि मतदान नै भए पनि अघिल्लोमा भने सर्वसम्मत भएको थियो। 

१० वर्षअघि उच्च बारबाट अलग्गिएर प्रगतिशील कानुन व्यवसायीले कास्की जिल्ला बार गठन गरेका थिए। जिल्ला बारमा भने स्थापनाकालदेखि नै प्रगतिशीलको वर्चस्व छ। बीचका केही वर्ष उच्च र जिल्लामा सहमतिकै आधारमा उम्मेदवारी दिएर दुवै संगठनको प्रतिनिधित्व गराइएको थियो।

यो क्रम पछिल्लो समयमा आएर टुटेको छ। जिल्ला बारमा ८३ सदस्य छन्। जिल्लामा रहेका डिएलएका सबैजसो सदस्यले उच्चतिरै सदस्यता सारेका छन्। 

प्रकाशित: Dec 07, 2020| 11:40 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।