बिहीबार, भदौ २५, २०८३

मह काढ्न रुख चढ्दा एक युवकको मृत्यु

पर्सामा मह काढ्न रुख चढ्दा एक युवकको लडेर मृत्यु भएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

पर्सा- पर्सामा मह काढ्न रुख चढ्दा एक युवकको लडेर मृत्यु भएको छ।

ठोरी गाउँपालिका–४ मा माहुरीको मह काढ्न गएका सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ।

वन माहुरीको मह काढ्न रुख चढेका उनको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए।

प्रहरी निरीक्षक साहका अनुसार मह काढेर रुखबाट झर्ने क्रममा खसेर उनी गम्भीर घाइते भएका थिए। उ

नको उपचारका लागि वीरगंज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक साहले जानकारी दिए। मृत्कको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

प्रकाशित: Dec 07, 2020| 09:47 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।