काठमाडौं– गत सिजनमा लिभरपुल लिग विजेता बन्योे। तर उसको एनफिल्ड रंगशालामा गुञ्जन पाएको थिएन ‘यु नेभर वाक एलोन...’
२७१ दिनपछि आइतबार राति लिभरपुलको मैदानमा ‘यु नेभर वाक एलोन...’ भन्ने विश्वप्रसिद्ध गीत गुन्जिएको छ। कोरोना भाइरसको महामारी सुरु हुनुपूर्व एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिगको बराबरी खेलयता रंगशालामा यो गीत गुञ्जन पाएकै थिएन।
तर आइतबार रातिको खेल विशेष रह्यो। इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविकको विजेताले उल्भसविरुद्ध खेलिरहँदा प्यारापिटमा उपस्थित दुई हजार समर्थकहरुले त्यही गीत गाएका छन्।
ग्रिनविच मिनटाइमअनुसार राति सवा ९ बजे सुरु भएको गीतका कारण उर्जा पाएको घरेलु टिम लिभरपुलले उल्भ्सलाई ४–० गोलको फराकिलो अन्तरले हराउन सक्यो।
विश्व फुटबलमा यस्ता केही अनुभव छन् जो मानिसको भावनाको गहिराइसम्म सम्म पुग्छन्। एनफिल्ड मैदानमा गएराति भएको पनि त्यही नै हो कि मानिसहरु मैदानको कोपमा बसेर आफ्ना खेलाडीको खेल प्रत्यक्ष हेर्न पाए र गीत सुरु गरिहाले।
तर इंग्ल्यान्डमा समर्थक मैदान फर्किएको यो पहिलो खेल भने होइन। यो लिस्टमा लिभरपुलको खेल २७ औं नम्बरमा पर्छ। तर मानिसमा ३० वर्षपछि लिग जित्दा पनि रंगशालामा गीत गाउन नपाउँदाको पीडा उनीहरुले आइतबार राति गीत गाएर शान्त पारे।
कारण– गत सिजन लिभरपुलले ३० वर्षपछि लिग जितेको थियो। त्यतिबेला प्रशिक्षक क्लोपले महामारी शान्त भएपछि मात्र उत्सव मनाउने भनेका थिए। साथै खेलाडीले पनि मैदानमा सामान्य उत्सव मात्र मनाए। गीत मानिसले घरघरमा बसेर गाए।
त्यतिबेला मैदान बाहिर आएका सामान्य समर्थकले पनि शान्तिपूर्ण रुपमा गीत गाउन पाएका थिएनन्। किनकी सरकारको प्रतिबन्ध थियो। आइतबार रातिको खेलमा समर्थकले त्यही तीर्खा मेटे र गाए ‘यु नेभर वाक एलोन...’
‘म निकै उत्साहित भएँ। मैलाई वार्मअपबाट के अपेक्षा गर्ने भन्ने थाहा थिएन। त्यतिबेला ‘यु नेभर वाक एलोन...’ गुञ्जिन थाल्यो,’ खेलपछि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले २०१५ मा बनेको अमेरिकी फिल्मको उदाहरण दिँदै भने, ‘दश महिनापछिको यो क्षणले धेरै भावुक बनायो।’
मार्चमा एट्लेटिकोसँग च्याम्पियन्स लिगको खेलमा ५० हजारभन्दा धेरै समर्थक थिए। त्यतिबेला लिभरपुललाई एट्लेटिकोले लिगबाट बाहिर पठाएको थियो। ‘मलाई त्यो नम्बरले धेरै प्रभाव पारेको थिएन,’ क्लोपले खेलपछि भने।
खेलमा क्लोपको टिमका मोहम्मद सलाह, जर्जिनियो वाइनाल्डम र जोयल माटिपले समान १–१ गोल गरे भने उल्भ्सका नेल्सन सोमिडे आत्मघाती गोल गरे।
–बीबीसी