मंगलबार, चैत १०, २०८२

नौ महिनापछि खुले कालीकोटका सामुदायिक विद्यालय

सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन्। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

मान्म– कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन्। 

National life

सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन्। 

कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन्। 

जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएका छन्। 

बालबालिकाको पढाइ लामो समय अवरोध भएको भन्दै स्थानीय तहले विद्यालय खोल्न शिक्षा समितिलाई आग्रह गरेपछि जिल्लाका नौ स्थानीय तहले औपचारिकरूपमा विद्यालय सञ्चालनमा ल्याएका हुन्। 

Laxmi sunrise bank
kumari

तिलागुफा नगरपालिकामा गत साउन १५ दिनसम्म विद्यालय खोलेको र बीचमा नगरपालिकाभित्रै ठूलो मात्रामा कोरोना सङ्क्रमित देखिएका कारणले केही समय विद्यालय बन्द गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताए।

“गाउँमा सामान्य ज्वरो आयो भने स्वास्थ्यकर्मी पठाउने, उपचार गर्ने र त्यो गाउँका बालबालिकालाई विद्यालयमा आउन केही दिन रोक्ने काम गरिन्छ तर विद्यालय बन्द गरिने छैन”, उनले भने, “विद्यार्थीको भविष्यप्रति स्थानीय सरकार सचेत छ।”

रास्कोट नगरपालिकाले पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलेको नगर शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताए।

“विद्यार्थीको पढाइ प्रभावित भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनेछ”, उनले भभे, “नगरभरिका सबै विद्यालय खोल्न निर्देशन गरिएको छ।” रासस
 

प्रकाशित: Dec 07, 2020| 05:02 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्