सोमबार, असार २९, २०८३

सिरी ए : मिलान र नापोलीको जीत, रोमा बराबरीमा रोकियो

इटालियन शीर्ष फुटबल लिग सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा एसी मिलानले साम्पदोरियालाई हराएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– इटालियन शीर्ष फुटबल लिग सिरी ए अन्तर्गत आइतबार रातिको खेलमा एसी मिलानले साम्पदोरियालाई हराएको छ।

साम्दोरीको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिमले घरेलु टिमलाई २–१ गोल अन्तरले हराएको हो।

जीतका लागि फ्रांक केइसी र सामु कास्टिलेजोले समान १–१ गोल गरे। यता साम्पदोरियाका लागि एल्बिन एक्दलले १ गोल फर्काए।

जीतसँगै मिलान अंकतालिकाको शीर्षस्थानमा छ। ऊ दोस्रो स्थानको इन्टर मिलानभन्दा पाँच अंकले अघि छ। साम्पदोरिया १२औँ स्थानमा छ।

त्यस्तै, आइतबार रातिको अर्को खेलमा नापोलीले क्रोतोनलाई उसकै मैदानमा ४–० गोलको फराकिलो अन्तरले हराएको छ।

लोरेन्जो इन्सिग्नले ३१औँ मिनेटमा गोल गरेपछि नापोली पहिलो हाफमै एक गोलले अघि थियो।

दोस्रो हाफको ५०औँ मिनेटमा ज्याकोपो पेट्रिकिओन रातो कार्ड खाँदै बाहिरिएपछि. क्रोतोन १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा समेटिएको टिविरुद्ध नापोलीले तीन गोल थप्दै ४–० गोलको जीत निकाल्यो।

नापोली अंकतालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानको एसी मिलानभन्दा ६ अंकले पछि छ भने इन्टर मिलानभन्दा एक अंकले पछि छ।

आइतरबार राति नै सम्पन्न अर्को खेलमा भने रोमाले सौसेलोसँग गोलरहित बराबरी खेलेको छ। बराबरीका साथ रोमा अंकतालिकाको छैटौं स्थानमा छ भने सौसेलो पाँचौ स्थानमा छ।
 

प्रकाशित: Dec 07, 2020| 02:36 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।