आइतबार, असार २८, २०८३

टोटेनहम शीर्षस्थानमा फर्कियो

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जीत निकाल्दै टोटेनहम हट्सपुर शीर्षस्थामा फर्किएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा जीत निकाल्दै टोटेनहम हट्सपुर शीर्षस्थामा फर्किएको छ।

टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम आर्सनललाई २–० गोलले हराउँदै शीर्षस्थानमा पुगेको हो।

गएरातिको खेलमा जीतसँगै शीर्षस्थानमा फर्किएको टोटेनमको २४ अंक छ। त्यस्तै पराजित आर्सनल भने १३ अंकका साथ १५औं स्थानमा छ।

अंकतालिकामा २४ अंक बनाएको लिभपरपुल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहको चेल्सीको २२ अंक छ।

घरेलु टिमको जीतका लागि सन ह्युङ मिन र ह्यारी केनले गोल गरे। खेलको १३औँ मिनेटमा गोल गर्दै सनले टोटेनहमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै केनले अग्रतालाई दोब्बर बनाएका थिए।

सनको गोलका लागि केनले पास उपलब्ध गराएका थिए भने केनका लागि सनले पास दिए। 

उनीहरूले प्रिमियर लिगमा ३१ गोलको साझेदारी गरिसकेका छन्। लिगमा यो दोस्रो ठूलो साझेदारीसमेत हो। पहिलो ठूलो साझेदारी (३६ गोल) भने चेल्सीका डिडियर ड्रोग्बा र फ्रांक लाम्पार्डले गरेका थिए।
 

 

प्रकाशित: Dec 07, 2020| 02:11 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।