बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडाैं महानगरलाई चीनबाट आयाे सरसफाइका लागि दुईवटा ट्रक उपहार

काठमाडाैं महानगरलाई चीनबाट आयाे सरसफाइका लागि दुईवटा ट्रक उपहार

काठमाडौं महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहारस्वरूप प्राप्त भएको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडाैं। काठमाडौं महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ।

२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ काठमाडाैं आएका बेला सरसपफाइका लागि ट्रक उपहार पठाउने बताएका थिए। सोहीअनुरुप आज उक्त ट्रक प्राप्त भएको महानगरले जनाएकाे छ। 

ल्हासा नगरसँग काठमाडाैं महानगरको भगिनी सम्बन्ध स्थापित भइसकेको छ।

यही १५ गते ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीले काठमाडाैं महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई उक्त ट्रक हस्तान्तरण गरेका थिए।

त्यस अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए। ती ट्रकहरू यही मंसिर १६ गते काठमाडौं ल्याइएका हुन्। ती ट्रकको मूल्य करिब एक करोड ९० लाख रूपैयाँ रहेको छ। 

आज काठमाडाैं महानगर प्रमुख विद्यासुन्दर शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे। 

त्यसअघि प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले प्रमुख शाक्यलाई साँचो हस्तान्तरण गरेका थिए। 

सात हजार २०५ किलोग्राम फोहोर कम्प्रेस बोक्नु याे ट्रककाे यसको मुख्य विशेषता हो।

संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि यन्त्रले फोहोरलाई विस्तारै उचाल्न थाल्छ। त्यसपछि कम्प्रेस्ड यन्त्रले फोहोर खाँदिन थाल्छ।

यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिएर जानकारी गराउने महानगरले जनाएकाे छ। रासस 

प्रकाशित: Dec 06, 2020| 16:16 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।