बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा साढे १२ हजारभन्दा बढीमा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा साढे १२ हजारभन्दा बढीमा कोरोना संक्रमण 

गण्डकी प्रदेशमा आइतबारसम्म १२ हजार ६९३ जनामा कोरोना पुष्टि भएको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

पोखरा- गण्डकी प्रदेशमा आइतबारसम्म १२ हजार ६९३ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये ७ हजार ४०४ जना निको भएका छन्।

निको हुने संख्या ५८.३३ प्रतिशत हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ हजार ११९ जना सक्रिय संक्रमित छन्। तीमध्ये ४ हजार ८८ अर्थात् ७९.८५ प्रतिशत होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

सवैभन्दा धेरै कास्कीमा ३ हजार ५२३ संक्रमित होम आइसोलेसनमा छन्। यो संख्या जिल्लाका कुल सक्रिय संक्रमितको ९७.८६ प्रतिशत हो। कास्कीमा आइतबारसम्म ५ हजार ५२२ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये १ हजार ८३० जना निको भएका छन्।

त्यसबाहेक नवलपुरका २१४, तनहुँका २०१, गोरखाका ८६, पर्वतका ५४ र बागलुङका १० संक्रमित घरमै छन्। अरु जिल्लाका संक्रमितको संस्थागत आइसोलेसनमा व्यवस्था गरिएको छ। प्रदेशमा मनाङमात्रै ग्रीन जोनमा छ। 

पछिल्लो १ हप्तामा प्रदेशमा ७२६ जनामा कोरोना पोजेटिभ देखिएको छ। ४९४ जना निको भएका छन् भने १६ संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले बताए।

आइतबार ९५ संक्रमित भेटिए। कास्कीका ६५, नवलपुरका १४, तनहुँका ९, स्याङ्जाका ३, म्याग्दीका २, लमजुङ र गोरखाका १÷१ जनामा पोजेटिभ देखिएको हो। 

आइतबार कास्कीका ३ र लमजुङका १ गरी ४ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पोखरा महानगरपालिका १७ की ६६ वर्षीया महिला, पोखरा १७ कै ३४ वर्षीय पुरुष, पोखरा १ का ७५ वर्षीय वृद्ध र लमजुङ बेसीशहर नगरपालिका ११ की ४३ वर्षीया महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए।

योसहित प्रदेशमा मृतकको संख्या १७० पुगेको छ। कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५ र म्याग्दीका ३ र पर्वतका २ संक्रमितको मृत्यु भएको हो।

प्रकाशित: Dec 06, 2020| 13:46 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।