आइतबार, असार २८, २०८३

भारतले जित्यो अस्ट्रेलियाविरुद्धको टी–२० सिरिज

अस्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टिम भारतले आयोजकविरुद्ध ६ विकेटको जित निकालेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- अस्ट्रेलियामा जारी तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा पाहुना टिम भारतले आयोजकविरुद्ध ६ विकेटको जित निकालेको छ।

सिरिजमा दोस्रो जित निकालेसँगै उसले तीन खेलको सिरिज पनि जितेको हो।

सिड्नी रंगशालामा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पुरै ओभरमा पाँच विकेटको क्षतिमा १९४ रन बनाएको थियो।

१९५ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेपछि खेल भारतले जितेको हो।

अस्ट्रेलियाका लागि कप्तान माथिव वाडेले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले भने स्टिभ स्मिथले ५६ रन बनाए। त्यस्तै मोइसेस हेनरिकले २६ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान दिए।

भारतका लागि टी नटराजनले २ विकेट लिए भने श्रर्दुल ठाकुर र युजवेन्द्र चहलले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको भारतका शिखर धवनले ५२ रनको अर्धसतकीय पारी खेले। त्यस्तै कप्तान विराट कोहलीले ४० र केएल राहुलले ३० रन बनाए।

सन्जु समसनले १५ रन बनाए भने हार्दिक पाण्ड्याले नट आउट ४२ रन बनाए।

यता अस्ट्रेलियाका लागि डेनियल सम्स, एन्ड्रीउ टाय, माइकेल स्वेप्सन र एडम जम्पाले एक एक विकेट लिए।

पहिलो खेलमा भारतले ११ रनको जित निकालेको थियो। सिरिजको तेस्रो खेल ८ डिसेम्बरमा हुनेछ।

प्रकाशित: Dec 06, 2020| 12:00 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।