आइतबार, असार २८, २०८३

वेस्ट इन्डिजसँग न्युजिल्यान्ड एक इनिङ र १३४ रनले विजयी

न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनले पराजित गरेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– न्युजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट खेलमा घरेलु टिमले वेस्ट इन्डिजलाई एक इनिङ र १३४ रनले पराजित गरेको छ। ह्यामिल्टन रंगशालामा सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको वेस्ट इन्डिजले फलो अन पाउँदै लज्जास्पद हार बेहोरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले केन विलियम्सनको दोहोरो शतकको सहयोगमा ५२० रनको लक्ष्य दिएको थियो। जहाँ विलियम्सनले २५१ रन बनाएका थिए।

उनीसँगै न्युजिल्यान्डका टोम लाथमले ८६, केलिय जमिइसनले ५१ र रोज टेलरले ३८ रन बनाएका छन्।

यता वेस्ट इन्डिजका केमर रोच र शन्नोन ग्याब्रियलले समान ३–३ विकेट लिए। त्यस्तै अल्जारी जोसेपले एक विकेट लिए।

जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजले पहिलो इनिङमा ६४ ओभर खेल्दै १३९ रन बनाएको थियो। जसका लागि क्रग ब्रेथवेटले २१, जोन क्याम्पवेलले २६, जमिनइ ब्ल्याक्वुडले २५ रन बनाए।

यता न्युजिल्यान्डका लागि टोम साउथीले चार विकेट लिए भने केलियन ज्यामिसन र लेन वाग्नरले समान २–२ विकेट लिए। एक विकेट लिनेमा ट्रेन्ट बोल्ट रहे।

त्यस्तै फलो अन पाएर दोस्रो इनिङ सुरु गरेको पाहुना टोलीले दोस्रो इनिङमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेन। उसले ५८.५ ओभर खेल्दै २४७ रनमै अलआउट भएपछि न्युजिल्यान्डले पहिलो टेस्ट जितेको हो।

दोस्रो इनिङमा ब्ल्याकवुडले १०४ रनको शतकीय इनिङ खेले भने अल्जारी जोसेपले ८६ रनको अर्धशतकीय इनिङ खेले। यसबाहेक अन्य खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेपछि पाहुना टिम पराजित भयो।

यता न्युजिल्यान्डका वाग्नरले ४ विकेट लिए भने ज्यामिसनले दुई विकेट लिए। एक विकेट लिनेमा टोम साउथी, ट्रेन्ट बोल्ट र डेरील माइकलले छन्।
यी दुई टिमबीच अन्तिम टेस्ट खेल डिसेम्बर ११ बाट सुरु हुनेछ।

प्रकाशित: Dec 06, 2020| 08:18 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।