आइतबार, असार २८, २०८३

पीएसजीबाट सय गोल पुर्‍याउने एम्बाप्पे पाँचौ खेलाडी

लिग वानअन्तर्गत शनिबार रातिको खेलमा केलियन एम्बाप्पेले मोन्टेपिलरविरुद्ध एक गोल गरे। उक्त गोलसँगै एम्बाप्पेले क्लबबाट लिग वानमा सय गोल पुर्‍याएका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– लिग वानअन्तर्गत शनिबार रातिको खेलमा केलियन एम्बाप्पेले मोन्टेपिलरविरुद्ध एक गोल गरे। उक्त गोलसँगै एम्बाप्पेले क्लबबाट लिग वानमा सय गोल पुर्‍याएका छन्।

गएरातिको खेलमा एन्जल डिमारियाको पासमा कोलिन डग्बाले पहिलो गोल गर्दै क्लबलाई सुरुआती अग्रता दिलाएका थिए। मोइस किनले ७७औँ मिनेटमा गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए।

खेलको ७८औँ मिनेटमा मात्र मोइसे किनलाई प्रतिस्थापन गर्दै मैदान पसेका एम्पाप्पेले लेविन कुर्जवाको पासमा गोल गरे। जुन पीएसजीबाट उनको सयौं गोल थियो।

एम्बाप्पेले इन्ज्युरी समयमा गरेको गोलसँगै गएरातिको खेलमा पीएसजीले मोन्टेपिलरविरुद्ध ३–१ गोलको जीत निकाल्यो।

२१ वर्षे स्टार एम्बाप्पेले १३७ खेलमा सय गोल पुर्‍याएका छन्। उनी सय गोल गर्ने पीएसजीका पाँचौ खेलाडी हुन्।

यसअघि एडिसन काभानीले २००, जलाटन इब्राहिमोविचले १५६, पाउलेटाले १०९ र डोमिनिक राचेतेउले सय गोल गरेका छन्।

एम्बाप्पेले सम्झौता गर्दाको दिने सम्झदै भनेका छन्, ‘मैंले तीन गोल गर्ने पनि सोचेको थिइनँ। सय गोल त धेरै टाढाको कुरा भयो।’

फ्रान्सको राष्ट्रिय टोलीका मुख्य खेलाडी एम्बाप्पे १६५ मिलियन यूरोमा पीएसजी पुग्नुपूर्व मोनाकोबाट पनि २७ गोल गरेका थिए।


 

 

प्रकाशित: Dec 06, 2020| 07:11 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।