आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बुन्डेसलिगा : बराबरीमा रोकिए शीर्षस्थानका बायर्न, लाइप्जिक र डर्टमुन्ड

बुन्डेसलिगा : बराबरीमा रोकिए शीर्षस्थानका बायर्न, लाइप्जिक र डर्टमुन्ड

जर्मन शीर्ष लिग बुन्डेसलिगा अन्तर्गत शीर्षस्थानका दुई टिम बायर्न र आरबी लाइप्जिकले ३–३ गोलको बराबरी खेलेका छन्।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– जर्मन शीर्ष लिग बुन्डेसलिगा अन्तर्गत शीर्षस्थानका दुई टिम बायर्न र आरबी लाइप्जिकले ३–३ गोलको बराबरी खेलेका छन्।

बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा पछि परेको अवस्थाबाट बायर्नले खेललाई बराबरीमा ल्याएको थियो।

बराबरीका लागि बायर्नका थोमस मुलरले दुई गोल गरे भने जमल मुसियालाले एक गोल गरे। त्यस्तै, लाइप्जिकका लागि क्रिस्टोफर एनकुकु, जस्टिन लुइवर्ट र इमिल फर्सबर्गले समान १–१ गोल गरेका थिए।

बराबरीसँगै बायर्नको २३ अंक छ भने लाइप्जिकको २१ अंक छ।

गए रातिकै अर्को खेलमा तेस्रो स्थानको बोरुसिया डर्टमुन्डले आठौं स्थानको आइन्ट्राक्ट फ्रान्कफर्टसँग १–१ गोलको बराबरी खेलेको छ।

फ्रांकफर्टको घरेलु मैदानमा सम्पन्न खेलमा बराबरीका लागि घरेलु टिमका दाइची कमडा र पाहुना टिमका गिओवान्नी रियनले गोल गरेका थिए।
बराबरीसँगै १९ अंक बनाएको डर्टमुन्ड तेस्रो स्थानमा छ।
 

प्रकाशित: Dec 06, 2020| 03:16 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।