आइतबार, असार २८, २०८३

ला लिगामा रियल मड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा सेभियाविरुद्ध रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा सेभियाविरुद्ध रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

प्रतिस्पर्धात्मक खेलमा साविक विजेता रियलले १–० गोलको जित निकालेको हो। रियलको जितका लागि सेभियाका योसिनी बाउनोउले आत्मघाती गोल गरे।

फरल्यान्ड मेन्डीले दिएको पासलाई भिनिसियस जुनियरले लाइट टच गर्दै पोस्टतर्फ प्रहार गरेका थिए। यता सेभियाका किपर बाउनोउले रक्षा गर्न नसकेपछि रियलले गोल कोसेली पाएको थियो।

जितसँगै २० अंक बनाएको रियल अंकतालिकाको तेस्रो स्थानमा छ भने पराजित सेभिया १६ अंकका साथ छैटौं स्थानमा छ।

त्यस्तै, शनिबार रातिको अर्को खेलमा बार्सिलोना यो सिजनमा प्रमोट भएर आएको टिम कार्डिजसँग २–१ गोलले पराजित भएको छ।

कार्डिजका लागि अल्वेरो गोमेज र अल्वेरो नेग्रेदोले गोल गरेका थिए भने बार्सिलोनाले एक गोल उपहारस्वरुप पाएको थियो। जसका लागि कार्डिजका पेड्रो अल्कालाले आफ्नै पोस्टमा गोल गरेका थिए।

लिगमा चौथो हारका साथ बार्सिलोना सातौं स्थानमा छ भने कार्डिज पाँचौ स्थानमा छ।

त्यस्तै, अंकतालिकाको शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड्ले शनिबारको खेलमा भाल्लाडोलिडलाई २–० गोलले हराएको छ।

प्रकाशित: Dec 06, 2020| 01:47 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।