आइतबार, असार २८, २०८३

ईपीएलमा म्यानचेस्टर सिटी र युनाइटेडको जित

फुलहामलाई हराउँदै इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले २–० गोलको जित निकालेको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं- फुलहामलाई हराउँदै इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले २–० गोलको जित निकालेको छ।

सिटीको इतिहाद रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले सहज जित निकालेको हो।

केभिन डि ब्रुनले दिएको पासलाई सदुपयोग गर्दै रहिम स्टार्लिङले पाँचौ मिनेटमै गोल गरेपछि सिटीले सुरुवाती अग्रता बनाएको थियो। त्यस्तै, २६ औं मिनेटमा पेनाल्टीको अवसर पाएपछि डि ब्रुनले अग्रतालाई दोब्बर बनाए।

पहिलो हाफमै दुई गोलले अघि रहेको सिटीले दोस्रो हाफमा भने गोल गर्न सकेन। यससँगै उसले २–० गोलको जित निकाल्यो।

जितपछि म्यानचेस्टर सिटी अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ। खराब सुरुवात गरेको सिटीले १० खेलबाट १८ अंक बनाएको छ।

त्यस्तै, खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनको उपाधि रेस धेरै खुल्ला भएको बताएका छन्।

उनले भने, ‘मेरो पहिलो सिजनमा चेल्सीले जित निकालको थियो तर त्यसपछिका तीन सिजनमा लिभरपुल र हामी हाबी भयौँ।’

‘तर यो सिजन हामीले टोटेनहमसँग पराजित भयौँ। लेस्टर सिटीसँग हामीले पाँच गोलको सामना गरेका थियौँ जसलाई फुलहामले हराएको थियो। फुलहामलाई आज हामीले हरायौँ यो सिजनमा जसले पनि जसलाई हराउन सक्छ,’ उनले थपे।

त्यस्तै, ग्वार्डिओलाले घरेलु लिगभा भन्दा च्याम्पियन्स लिगमा केन्द्रित भएको बताएका छन्।

ईपीएलकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहामविरुद्ध उसकै घरेलु मैदानमा ३–१ गोलको पुनरागमन जित निकालेको छ।

युनाइटेडको जितका लागि पाउल पोग्बा, मेसन ग्रिनवुड र मार्कस रासफर्डले समान १–१ गोल गरेका थिए। जितसँगै १९ अंक बनाएको युनाइटेड अंकतालिकाको चौथो स्थानमा छ।
 

प्रकाशित: Dec 06, 2020| 01:36 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।