आइतबार, असार २८, २०८३

चेल्सी प्रिमियर लिगको शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा घरेलु समर्थकमाझ जित निकाल्दै हेभिवेट टिम चेल्सी शीर्षस्थानमा उक्लिएको छ।
 |  आइतबार, मंसिर २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २१, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा घरेलु समर्थकमाझ जित निकाल्दै हेभिवेट टिम चेल्सी शीर्षस्थानमा उक्लिएको छ।

घरेलु मैदान स्ट्यामफर्ड ब्रिज रंगशालामा सम्पन्न खेलमा उसले पाहुना टिम लिड्स युनाइटेडलाई हराउँदै शीर्षस्थानमा उक्लिएको हो।

चेल्सीले ३–१ गोल जित निकाल्दा ओलिभिए जिरु, कुर्ट जोउमा र क्रिस्टियन पुलिसिकले समान १–१ गोल गरे।

लिड्स युनाइटेडका प्याट्रिक बामफर्डले चौथो मिनेटमा गोल गर्दा पछि परेको अवस्थामा चेल्सीका जिरुले २७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यससँगै पहिलो हाफमा १–१ गोलको बराबरी भए पनि दोस्रो हाफको ६१ औं मिनेटमा जोउमाले गोल गर्दै चेल्सीलाई अग्रतातर्फ उन्मुख गराए।

त्यस्तै पुलिसिकले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि भने चेल्सीले ३–१ गोलको जित निकाल्यो। जितसँगै २२ अंक बनाएको चेल्सी अंकतालिकाको शीर्षस्थानमा छ।

यता एक खेल कम खेलेका टोटेनहम र लिभरपुल समान २१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ।

लिड्स भने १४ अंकका साथ अंकतालिकाको १३ औं नम्बरमा छ। पछिल्लो हप्ताबाट लिगमा समर्थकसमेत फर्किएपछि गएरातिको खेलमा दुई हजार समर्थकको उपस्थिति थियो।

कोरोनाको कारण समर्थकको उपस्थितिमा लामो समयका लागि प्रतिबन्द लगाइएपछि घरेलु लिगमा पहिलोपटक समर्थक उपस्थित भएका हुन्।
पछिल्लो हप्ताबाट लिगका खेल दुई हजार समर्थकले हेर्न पाउने भएका छन्।
 

प्रकाशित: Dec 06, 2020| 01:13 आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।