आइतबार, असार २८, २०८३

बाबुसँँग बक्सिङ प्रशिक्षणमा व्यस्त 'हिमालयन चितुवा'

उनी जापानको टोकियोमा मंसिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा भिड्दै छन्। 
 |  शनिबार, मंसिर २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २०, २०७७

काठमाडौं-  कम उमेरमा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त छन्।

उनी जापानको टोकियोमा मंसिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा भिड्दै छन्। 
अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रशिक्षणमा छन्। 

हिमालयन चितुवाले परिचित अविरलले नियमित रुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण लिँदै आएका छन्।

 “मेरो प्रशिक्षणमा अविरल कडा मिहेनतका साथ प्रशिक्षणमा  छ, उसले के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगितामा जित्नेमा म विश्वस्त छु”, प्रशिक्षक देवकुमारले भने। 

किक बक्सिङ खेलमा विश्वको चर्चित एवं प्रतिष्ठित सो प्रतियोगितामा २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिप कुमुरासँग भिड्नेछन्।

बक्सर कुमुरा बक्सिङ खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन्। अविरलले कुमुरलाई पराजित गरेमा नेपालको बक्सिङ खेलको प्रतिष्ठाले थप ख्याति कमाउने विश्वास गरिएको छ। 

चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी घिमिरे परिवार विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन्। बक्सर अविरलले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्। 

‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने गर्दछ। सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्सल आर्टकासमेत खेलाडी देवकुमारले सन् २००४ मा भाग लिएका थिए। 

सो प्रतियोगिताको भिडन्त हेर्न हजारौं खेलप्रेमी दर्शकको रंगशालामा सहभागिता हुने बताइएको छ। अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका छन्।

तीमध्ये नौ अन्तर्राष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सञ्चालकसमेत रहेका रामनारायण घिमिरेले जानकारी दिए। 

“अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ। नेपालका लागि के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन छनोट हुनु नै ठूलो उपलब्धि हो। अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु”, सामाजिक सञ्जालमा हालै देवकुमारले पोस्ट गरेका छन्। 

गैरआवासीय नेपाली सङ्घका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगितामा  छनोट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको बताए। 

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए। 
 रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन्। तीन राउन्डको तीन चरणको खेलमा अंक बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए । 

यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। 
    सामाजिक सञ्चालमा बक्सर अविरलले भनेका छन्, , “पुनःएकपटक बक्सिङ खेलमार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु। यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस्।” रासस

प्रकाशित: Dec 05, 2020| 06:50 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।