काठमाडौं। सिद्धार्थ बैंकले सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित रकम समेतबाट सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर तथा तीन प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे हो।
आज बसेको सञ्चालक समितिको ३५७ औं बैठकले यस्तो प्रस्ताव गरेको बैंकले जनाएको छ।
बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रूपैयाँ छ। त्यसको १२ प्रतिशत अर्थात् एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रूपैयाँ बराबरको बोनस सेयर वितरण गरिने छ। त्यस्तै तीन प्रतिशत अर्थात् २९ करोड ३६ लाख ३३ हजार १४ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएकाे बैंकको भनाइ छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ।