आइतबार, असार २८, २०८३

टी-२० श्रृंखलाकाे पहिलाे खेलमा अष्ट्रेलिया भारतसँग पराजित

अष्ट्रेलियामा आज (शुक्रबार) बाट सुरु भएको तीन खेलको टी-२० श्रृंखलामा भारतले घरेलु टिमविरुद्ध ११ रनको जित निकालेको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- अष्ट्रेलियामा आज (शुक्रबार) बाट सुरु भएको तीन खेलको टी-२० श्रृंखलामा भारतले घरेलु टिमविरुद्ध ११ रनको जित निकालेको छ।

क्यानबेरा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई भारतले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले खराब सुरुआत गर्दै पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो।

१६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १५० रनमै सीमित बन्न पुग्याे। 

खेलमा भारतका लागि शिखर धवनले एक रन बनाउँदै आउट भए भने विराट कोहली ९ रनमा आउट भए। केएल राहुलले सर्वाधिक ५१ रन बनाए भने रविन्द्र जाडेजाले अविजित ४४ रन बनाएका थिए। त्यस्तै सन्जु समसनले २३ रन बनाएका थिए।

अष्ट्रेलियाका लागि मोइसेस हेनरिसले तीन विकेट लिए भने माइकल स्टार्कले दुई विकेट लिए। एक विकेट लिनेमा एडम जम्पा र माइल स्वेप्सन रहे।

जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाका आरोन फिन्चले ३५ रन बनाए भने स्टिभ स्मिथ १२ रनमा आउट भए। त्यस्तै ग्लेन म्याक्सवेल दुई रन बनाउँदै पेवेलियन फर्किए। मोइस हेनरिकले ३० रन बनाए भने सिन अबोट १२ रनमा नटआउट रहे।

भारतका लागि टी नटराजन र युजवेन्द्र चहलले समान ३-३ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए। 

सिरिजका बाँकी खेल ६ डिसेम्बर र ८ डिसेम्बरमा हुनेछन्।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय सिरिजमा आयोजक अष्ट्रेलियाले २-१ को जित निकालेको थियो।

प्रकाशित: Dec 04, 2020| 12:13 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।