आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • केन विलियम्सनको कीर्तिमानी अर्धशतकमा वेस्ट इन्डिजलाई ५२० रनको लक्ष्य

केन विलियम्सनको कीर्तिमानी अर्धशतकमा वेस्ट इन्डिजलाई ५२० रनको लक्ष्य

न्युजिल्यान्ड–वेस्ट इन्डिजको पहिलो टेस्ट प्रतियोगितामा केन विलियम्सनले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– न्युजिल्यान्ड–वेस्ट इन्डिजको पहिलो टेस्ट प्रतियोगितामा केन विलियम्सनले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्।

उनको अर्धशतकमा आयोजक न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ५२० रनको लक्ष्य दिएको हो। हेमिल्टन रंगशालामा सपन्न खेलमा १० घण्टा खेल्दै विलियम्सनले ४१२ बलमा दुई छक्का र ३४ चौकासहित सो रन जोडेका हुन्।

यो उनको तेस्रो दोहोरो शतकसमेत हो। यसअघि उनले श्रीलंकाविरुद्ध पनि २४२ नट आउट खेल्दै दोहोरो शतक बनाएका थिए भने बंगलादेशविरुद्ध नटआउट २०० रन प्रहार गरेका थिए।

साथै न्युजिल्यान्डबाट २५० भन्दा धेरै रन बनाउने विलियम्सन आठौं ब्याट्स्मेनसमेत हुन्। पहिलो खेलाडी भने स्टेफेन फ्लेमिङ हुन्।

उनीसँगै न्युजिल्यान्डका टोम लाथमले ८६, केलिय जमिइसनले ५१ र रोज टेलरले ३८ रन बनाएका छन्।

यता वेस्ट इन्डिजका केमर रोच र शन्नोन ग्याब्रियलले समान ३–३ विकेट लिए। त्यस्तै अल्जारी जोसेपले एक विकेट लिए। यता जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजले ४९ रन बाउँदा दोस्रो दिनको खेल सकिएको छ।

यी दुई टिमबीच अन्तिम टेस्ट खेल डिसेम्बर ११ बाट सुरु हुनेछ।
 

प्रकाशित: Dec 04, 2020| 10:13 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।