काठमाडौं– लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि, लक्ष्मी गु्रप नेपालको अन्तर्गतले नेपालमै पहिलो पटक बीएमडब्लुको डिलरशिप ल्याएको छ।
कम्पनीले अब आधिकारिक रुपमा नेपालमा बीएमडब्लुका गाडी बिक्री गर्न पाउनेछ।
यस अवसरमा कम्पनीले आगामी सोमबार आफ्नो अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा भर्चुअल इभेन्ट गर्ने भएको छ। साथै नयाँ गाडी पनि सार्वजनिक गर्दैछ।