मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेसन्स लिग ड्र सार्वजनिक : सेमिफाइनलमा इटाली र स्पेन, बेल्जियम र फ्रान्स खेल्ने

नेसन्स लिग ड्र सार्वजनिक : सेमिफाइनलमा इटाली र स्पेन, बेल्जियम र फ्रान्स खेल्ने

यूईएफए नेसन्स लिग अन्तर्गत फाइनल खेलको तालिका (ड्र) बिहीबार सार्वजनिक भएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं– यूईएफए नेसन्स लिग अन्तर्गत फाइनल खेलको तालिका (ड्र) बिहीबार सार्वजनिक भएको छ।

National life

समूह चरणका खेल सकिएपछि यूईइफएले हिजो राति सेमीफाइनल र फाइनलको ड्र सार्वजनिक गरेको हो।

आगामी अक्टोबरमा हुने सेमिफाइनलको पहिलो खेलमा आयोजक इटालीले स्पेनसँग भिड्नेछ। त्यस्तै दोस्रो सेमिफाइनल खेलमा बेल्जियमले फ्रान्ससँग भिड्नेछ।

अक्टोबर ६ र ७ मा सेमिफाइनल खेल हुनेछ भने फाइनल खेल १० अक्टोबरमा हुनेछ। त्यस्तै तेस्रो स्थानको खेल पनि अक्टोबर १० मा नै हुनेछ।

लिग ए अन्तर्गत समूह चरणमा जित निकाल्दै चार समूहका इटाली, बेल्जियम, फ्रान्स र स्पेन सेमिफाइनल प्रवेश गरेका थिए।

Laxmi sunrise bank
kumari

जारी सिजनको नेसन्स लिगबाट बोसनिया हर्जगोभिना, आइसल्यान्ड, स्विडेन र युक्रेन रेलिगेसनमा परेका छन् भने अष्ट्रिया, चेक रिपब्लिक, हंगेरी र वेल्स समूह ए मा बढुवा भएका छन्।

लिग ए अन्तर्गत जारी सिजनमा सबैभन्दा धेरै गोल गर्ने खलाडी इर्लिङ हाल्यान्ड हुन्। उनले ६ गोल गरेका छन्। त्यस्तै दोस्रो खेलाडी रोमेलु लुकाकु र इरान जाहावी हुन्।

उनीहरुले समान ५–५ गोल गरेका छन्।
 

प्रकाशित: Dec 04, 2020| 06:56 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।