आइतबार, असार २८, २०८३

यूरोपा लिगमा आर्सनलको जित, लेस्टर सिटी पराजित 

यूरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा प्रिमियर क्लब आर्सनलले घरेलु मैदानमा सहज जित निकालेको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- यूरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा प्रिमियर क्लब आर्सनलले घरेलु मैदानमा सहज जित निकालेको छ।

उसले र्यापिड विनविरुद्ध ४-१ गोलको जित निकाल्दा अलेक्जेन्डर ल्याकजेट, पाबलो मारी, एडी एकेटिह र इमिली स्मिथले समान १–१ गोल गरे।

दुई खेल अगावै युरोपा लिगको नकआउट चरणमा पुगेको आर्सनल समूह बीको शीर्षस्थानमा रहँदै १५ अंक बनाएको छ। त्यस्तै दोस्रो स्थानमा मोल्डेको ९ अंक छ।

अब सले अर्को खेलमा बराबरी खेले वा जित निकाले नकआउट चरणमा प्रवेश पाउनेछ।

त्यस्तै, बिहीबारकै अर्को खेलमा जोर्य लुहानसकको मैदानमा लेस्टर सिटी पराजित भएको छ। प्रतिस्पर्धात्मक खेलमा सिटीले १–० गोलको हार बेहोरेको हो।

हारका बाबजुद समूह जीको शीर्षस्थानमा रहँदै लेस्टर सिटी लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

बिहीबारको अर्को खेलमा भने टोटेनहम लास्कसँग बराबरीमा रोकिएको छ। लास्कको मैदानमा सम्पन्न खेलमा टोटेनहमले ३–३ गोलको बराबरी खेलेको हो।
 

प्रकाशित: Dec 04, 2020| 02:28 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।