आइतबार, असार २८, २०८३

युरोपा लिग : मिलान र रोमाको जित, नापोली बराबरीमा रोकियो

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले स्कटिस टिम सेटिकलाई ४–२ गोल अन्तरले हराएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन क्लब एसी मिलानले स्कटिस टिम सेटिकलाई ४–२ गोल अन्तरले हराएको छ।

घरेलु मैदानमा सम्पन्न खेलमा जितका लागि हकान काल्हनोग्लु, सामू कास्टिलेजो, जिन्स पिटर र ब्राहिम डियाजले समान १–१ गोल गरे।

जितसँगै मिलान युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ। समूह एच को शीर्षस्थानमा रहेको लिल्ले पनि युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ।

बिहीबार रातिकै खेलमा योङ बोइजविरुद्ध रोमाले ३–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ।

रोमाको मैदानमा सम्पन्न खेलमा पाहुना टिमलाई हराउँदै ऊ समूह ए को शीर्षस्थानमा छ। यससँगै ऊ लिगको दोस्रो चरणमा प्रवेश गरेको छ।

त्यस्तै समूहको दोस्रो स्थानमा रहेको योङ बोइज नकआउट चरणमा प्रवेश गर्न अर्को खेलमा जित वा बराबरी खेल्नुपर्ने भएको छ।

यता अर्को इटालियन क्लब नापोली भने एजेट अल्कमारको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको। सुरुवाती अग्रता जोगाउन नसक्दा नोपोली बराबरीमा रोकिएको हो।

बराबरीसँगै उसको नकआउट यात्रा सफल भइसकेको छैन। समूह एफको शीर्षस्थानमा रहे पनि आगामी चरणमा प्रवेशका लागि अर्को खेलमा जित वा बरबरी खेल्नुपर्ने छ।

सोही समूहको रियल सोडिडाडले पनि रिजेकासँग २–२ गोलको बराबरी खलेलेको छ। उससलाई अर्को चरणमा प्रवेश गर्नको लागि बाँकी एक खेलमा अनिवार्य जित निकाल्नु पर्ने भएको छ।
 

प्रकाशित: Dec 04, 2020| 01:26 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।