मंगलबार, चैत १०, २०८२

पतञ्जली, डाबर, झन्डु, वैद्यनाथ ब्रान्डको महमा मिसावट 

कोरोनाकालमा इम्युनिटी पावर बढाउन भन्दै महको खपत बढको छ र मानिसहरुले महको नाममा सुगर सिरप खाइरहेका छन्। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

कोरोनाकालमा इम्युनिटी पावर बढाउन भन्दै महको खपत बढको छ र मानिसहरुले महको नाममा सुगर सिरप खाइरहेका छन्। 

National life

भारतको गैर लाभकारी संस्था सेन्टर फर साइन्स एन्ड इन्भायरनमेन्ट (सीएसई) ले भारतका अधिकांश कम्पनीका महमा ठूलो मात्रामा मिसावट भएको जनाएको छ। 

यीमध्ये नेपालमा पनि व्यापक प्रयोग गरिने डाबर, पतञ्जली, वैद्यनाथ, झन्डुसँगै हितकार र एपिसजस्ता ब्रान्ड पनि छन्।

सीएसईले गरेको लामो अनुसन्धानपछि भारतका करिब सबै प्रमुख ब्रान्डका महका ७७ प्रतिशत नमुनामा सुगर सिरप मिसाइएको पाइएको हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार महमा मिसावटका लागि जर्मनीमा विकसित एनएमआर परीक्षण गरिएको थियो। 

Laxmi sunrise bank
kumari

सीएसईले भारतीय बजारमा बिक्री हुने १३ ब्रान्डका महमा परीक्षण गरेको थियो। यी नमुनालाई सुरुमा गुजरातस्थित सेन्टर फर एनालिसिस एन्ड लर्निङ इन लाइभस्सटक एन्ड फुडमा परीक्षण गर्दा केही साना ब्रान्डका बाहेक अन्यमा मिसावट भएको फेला परेको थिएन। 

तर पनि शंंका कायमै रहेपछि उक्त नमुना न्युक्लियर म्याग्नेटिक रेजोनेन्स (एनएमआर) विधिबाट परीक्षण गरिएकोे थियो। एनएमआरमा परीक्षण गर्दा सबै नमुनामा मिसावट भएको पाइयो। 

सीएसईका अनुसार एनएमआर परीक्षण वैश्विक स्तरमा मोडिफाई गरिएका सुगर सिरप जाँच्नका लागि प्रयोग गरिन्छ। यो परीक्षणमा ७७ प्रतिशत नमुनामा सुगर सिरप मिसाइएको पाइएको सीएसईले जनाएको छ। 

डाबर, पतञ्जली, वैद्यनाथ, झन्डु, हितकार र एपिस लगायतका ब्रान्डमा मिसावट भएको पाइएको हो। 

१३ ब्रान्डमध्ये सफोला, मार्कफेड ससोहना र नेचर्स नेक्टरमा भने मिसावट नभेटिएको सीएसईले जनाएको छ। 

महमा मिसाइने सुगर सिरप केही चीनबाट आयात हुने र केही भारतमै बनिरहेको पनि सीएसईको प्रतिवेदनमा उल्लेख छ। यस्तो सिरप महमा ५० प्रतिशतसम्म मिसाउँदा पनि मिसावट भएको थाहा हुँदैन। 

सीएसईकी महानिर्देशक सुनिता नारायणका अनुसार कोरोनाकालमा इम्युनिटी पावर बढाउन भन्दै महको खपत बढको छ र मानिसहरुले महको नाममा सुगर सिरप खाइरहेका छन्। 
 

प्रकाशित: Dec 03, 2020| 13:43 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्