आइतबार, असार २८, २०८३

पीएम कप क्रिकेट : जिल्लाजिल्लामा खेलाडी छनोट सुरु

पुस ११ गते सुरु हुने प्रधानमन्त्री कप (पीएम कप) क्रिकेटका लागि विभिन्न जिल्लाको खेलाडी छनोट कार्यक्रम सुरु भएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं – पुस ११ गते सुरु हुने प्रधानमन्त्री कप (पीएम कप) क्रिकेटका लागि विभिन्न जिल्लाको खेलाडी छनोट कार्यक्रम सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत रहेका जिल्ला संघहरुले खेलाडी छनोट सुरु गरेका हुन्। मंसिर १४ गते क्यानले जिल्ला संघहरुलाई पत्राचार गरेपछि संघहरु पीएम कपका लागि खेलाडी छनोटमा लागेका हुन्।

क्यानमा आबद्ध सिरहा, मोरङ, कैलाली, स्याङ्जा, तनहुँ, कञ्चनपुर जिल्लामा छनोटका खेल सुरु हुने तयारीमा रहेको छ।

कोराना माहामारीका कारण गत चैतमा लकडाउन सुरु भएपछि प्रधानमन्त्री कप र जिल्ला, प्रदेश छनोट खेल अनिश्चितकालका लागि रोकिएका थिए।

तर लकडाउनअघि काठमाडौं, झापा, बाँके लगायत विभिन्न जिल्लाका जिल्ला छनोट खेल भने सम्पन्न भइसकेका छन्। यस्तोमा पहिलेकै टिम पठाउने वा नयाँ पठाउने भन्ने निर्णय जिल्ला संघले गर्ने क्यानले स्पष्ट पारेको छ।

अब जिल्ला छनोट सकिएपछि छानिएका खेलाडीले प्रदेश छनोट खेल्नुपर्नेछ। क्यानले प्रदेश छनोटका खेल ७ गतेभित्र सक्न निर्देशन दिएका कारण क्रिकेट छनोट खेल सबै जिल्लामा एकैपटक सुरु हुन लागेको हो।

त्यस्तै, जिल्ला छनोटको बिलसहितको प्रतिवेदन क्यानमा पेस गरेपछि जिल्ला संघले अनुदान रकम निकासा गर्नेछ।

सरकारले असोजबाट खेलकुद खुलाउन अनुमति प्रदान गरेसँगै नेपालमा खेलकुद कार्यक्रम सुरु हुने तरखरमा छ। राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण भने मंसिर ११ गतेबाटै सुरु भइसकेको छ।
 

प्रकाशित: Dec 03, 2020| 11:37 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।