आइतबार, असार २८, २०८३

नेसन्स लिगअन्तर्गत फाइनल खेलको ‘ड्र’ आज आउने

यूईएफए नेसन्स लिगअन्तर्गत फाइनल खेलको तालिका (ड्र) आज (बिहीबार) सार्वजनिक हुने भएको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- यूईएफए नेसन्स लिगअन्तर्गत फाइनल खेलको तालिका (ड्र) आज (बिहीबार) सार्वजनिक हुने भएको छ।

समूह चरणका खेल सकिएपछि यूईइफएले आज राति सवा १० बजे सेमिफाइनल र फाइनलको ड्र सार्वजनिक गर्न लागेको बताएको हो।

लिग ए अन्तर्गत समूह चरणमा जित निकाल्दै चार समूहका इटाली, बेल्जियम, फ्रान्स र स्पेन सेमिफाइनल प्रवेश गरिसकेका छन्।

उनीहरुको आगामी प्रतिस्पर्धा अर्को वर्षको अक्टोबरमा हुनेछ। जसमा अक्टोबर ६ र ७ मा सेमिफाइनल खेल हुनेछ भने फाइनल खेल १० अक्टोबरमा हुनेछ। सेमिफाइनलमा कुन टिमसँग कुन टिम भिड्ने भन्ने टुंगो आज लाग्न लागेको हो।

त्यस्तै तेस्रो स्थानको खेल पनि अक्टोबर १० मा नै हुनेछ। फाइनल खेलको आयोजन गर्ने जिम्मेवारी यूईएफएले इटालीलाई दिएको छ।

जारी सिजनको नेसन्स लिगबाट बोस्नियाँ हर्जगोभिना, आइसल्यान्ड, स्विडेन र युक्रेन रेलिगेसनमा परेका छन् भने अष्ट्रिया, चेक रिपब्लिक, हंगेरी र वेल्स समूह ए मा बढुवा भएका छन्।

लिग ए अन्तर्गत जारी सिजनमा सबैभन्दा धेरै गोल गर्ने खलाडी इर्लिङ हाल्यान्ड हुन्। उनले ६ गोल गरेका छन्। त्यस्तै दोस्रो खेलाडी रोमेलु लुकाकू र इरान जाहावी हुन्। उनीहरुले समान ५–५ गोल गरेका छन्।

प्रकाशित: Dec 03, 2020| 10:49 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।