बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङ र डोल्पामा संक्रमण शून्य, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

मनाङ र डोल्पामा संक्रमण शून्य, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

नेपालमा आज बिहीबार दुईवटा जिल्लामा एक जना पनि सक्रिय कोरोना संक्रमित छैनन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– नेपालमा आज बिहीबार दुईवटा जिल्लामा एक जना पनि सक्रिय कोरोना संक्रमित छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भए पनि अहिले मनाङ र डोल्पामा कोरोना संक्रमित छैनन्। 

हालसम्म मनाङमा जम्मा ५ जना संक्रमित भए पनि उनीहरु संक्रमणमुक्त भएका छन्। डोल्पामा ३० जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु पनि संक्रमणमुक्त भइसकेका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार ६ जिल्लामा भने ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लाहरुमा झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की छन्। 
 

प्रकाशित: Dec 03, 2020| 10:45 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।