बिहीबार, भदौ २५, २०८३

उपत्यकामा ५६१ कोरोना संक्रमित थपिए 

हाल काठमाडौंमा ६ हजार ३३७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ५८५ र  ललितपुरमा १ हजार २७६ सक्रिय संक्रमित छन्। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहीबार थप ५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा २५० जना महिला र ३११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। 

हाल काठमाडौंमा ६ हजार ३३७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ५८५ र  ललितपुरमा १ हजार २७६ सक्रिय संक्रमित छन्। 

उपत्यकामा हालसम्म ६०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये काठमाडौंमा ३९३, भक्तपुरमा ९४ र ललितपुरमा ११७ जना छन्।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन्।
 

प्रकाशित: Dec 03, 2020| 10:29 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।