काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या भने १५ हजार ७६६ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार १११ छ। हालसम्म २ लाख २० हजार २२० जना संक्रमणमुक्त भएका छन्।
कोरोना अपडेट : थप १३ जनाको मृत्यु, १३ सय ४३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार ५५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।