बिहीबार, भदौ २५, २०८३

तनहुँ घटनाको विरोधमा नेविसंघको प्रदर्शन

तनहुँ घटना प्रकरण एवं वर्तमान सरकारको विकृति विसंगति, भ्रष्टाचार  एवं ज्यादती विरुद्ध नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– तनहुँ घटना प्रकरण एवं वर्तमान सरकारको विकृति विसंगति, भ्रष्टाचार  एवं ज्यादती विरुद्ध नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ। 

नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस एकाइको आयोजनामा कोटेश्वर क्याम्पसबाट सुरु भएको र्‍याली कोटेश्वर चोकमा पुगेर कोणसभासहित समापन गरिएको थियो। 

कोणसभामा सम्बोधन गर्दै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार पूर्ण रुपमा सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाए। 
उनले नागरिकको स्वतन्त्रतामाथि बन्देज लगाउने, बिनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओलीमा पञ्चायती र  राणाकालीन भूत जागेको बताए। 

तिमल्सिनाले तनहुँमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार गरेको विरोधमा देशभरका विद्यार्थीलाई आन्दोलित हुन आह्वान गरे।

कोणसभामा संघका पूर्व केन्द्रीय सदस्य रत्नहरि ढुंगेलले पछिल्लो समयको घटनक्रमले प्रहरी प्रशासनको विश्वासनीयतामाथि प्रश्न उठेको बताए।

उनले नेपाल प्रहरीले कुनै पनि घटना अनुसन्धान नैतिकता गुमाइसकेको आरोप लगाए। 

इतिहासमा कुनै दाग नलागेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेर सरकारले देशको बेइज्जत गरेको उनको भनाइ छ। 

सरकारले लोकतान्त्रिक व्यवस्थाको उपहास हो गरेको भन्दै उनले सबै लोकतन्त्रप्रेमीलाई आन्दोलित हुन अपिल गरे।

सभामा नेविसंघका नेताहरु रामकृष्ण खड्का, मनीष रायमाझी, एन्जर कार्की, राम केसीलगायतले पौडेल पक्राउ घटनाको कडा निन्दा गरेका थिए।

प्रकाशित: Dec 03, 2020| 09:12 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।