बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. कमल लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कार स्थापना, शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने

डा. कमल लामिछानेद्वारा अन्तर्दृष्टि पुरस्कार स्थापना, शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने

डा. कमल लामिछानेले अन्तर्दृष्टि पुरस्कार स्थापना गरेका छन्। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– डा. कमल लामिछानेले अन्तर्दृष्टि पुरस्कार स्थापना गरेका छन्। 

लामिछानेले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन्। 

पुरस्कारबाट हरेक वर्ष एक जना शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गरिने छ। 

देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ दिइने लामिछानेले बताएका छन्। त्यसैगरी लामिछानेले तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीसँग हातेमालो गर्दै आएका एक जना अपांगता नभएका विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ स्थापना गरेका छन्। 

लामिछानेले पत्रकारिताको माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गर्न सघाउ पु¥याउने पत्रकारलाई पनि पुरस्कृत गर्ने भएका छन्। 

पत्रकारिताको माध्यममार्फत समावेशी विकास एवम् समतामूलक समाजको एक अभिन्न अंग बनाउन भूमिका खेल्ने एकजना पत्रकारलाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना गरेको लामिछानेले जनाएका छन्। 

उनी भन्छन्, ‘अपांगताप्रति समाजमा विद्यमान नकारात्मकता, यदाकदा पूर्वाग्रही र विभेदपूर्ण धारणा अनि सोचमा परिवर्तन ल्याउन सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान, पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न प्रेरित गर्न उल्लिखित पुरस्कार स्थापना गरेको हुँ।’ 

देशभरका विद्यार्थीहरूबाट सिफारिस भई आएका शिक्षकमध्ये औसतमा सबैभन्दा बढी अंक हासिल गर्ने शिक्षकलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र विद्यार्थीलाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ प्रदान गरिने छ। 

साथै सञ्चारमाध्यममा अपांगतासम्बन्धी समाचार प्रकाशित र प्रसारित गर्न सहयोग गर्ने पत्रकारमध्ये एक जनालाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ।

 हरेक वर्ष जेठदेखि भदौसम्ममा दृष्टिविहीन विद्यार्थीहरूबाट विवरण संकलन गरिनेछ ।

पुरस्कारको घोषणा २०७८ सालदेखि हरेक वर्ष डिसेम्बर ३ तारिख अर्थात् अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका दिनमा गरिने छ। पुरस्कार वितरण भने हरेक वर्ष वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाका दिन गरिने छ । 

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रम २० हजार रुपैयाँसहित प्रमाणपत्र, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजारसहित प्रमाणपत्र र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजारसहित प्रमाणपत्र रहने छ।

अन्तर्दृष्टि पुरस्कार समितिमा होमनाथ अर्याल, डा. कमल लामिछाने, लोकबहादुर गुरुङ, सुनिता थापा र सरिता लामिछाने छन्।लामिछाने जापानको सुकुबा विश्वविद्यालयमा अध्यापनको काम गर्छन्। 

डिसेम्बर ३ लाई सन् १९९२ देखि अपांगता क्षेत्रमा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। 
 

प्रकाशित: Dec 03, 2020| 07:53 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।