बिहीबार, भदौ २५, २०८३

रामचन्द्र पौडेलले नै उद्घाटन गरे बुल्दी खाेलाको पुल

हिजो बुधबार स्थानीय प्रशासनको अवरोधका कारण उद्घाटन हुन नसकेको तनहुँको व्यासस्थित बुल्दी खोलाको पुल आज उद्घाटन भएको छ। 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– हिजो बुधबार स्थानीय प्रशासनको अवरोधका कारण उद्घाटन हुन नसकेको तनहुँको व्यासस्थित बुल्दी खोलाको पुल आज उद्घाटन भएको छ। 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गृहजिल्लाको पुल उद्घाटन गरेका हुन्। हिजो नै पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।

आज भने उद्घाटन कार्यक्रममा प्रशासनले कुनै अवरोध गरेन। 

व्यास नगरपालिकाले निर्माण गरेको उक्त मोटरेबल पुल उद्घाटन रोकिनुपर्ने मागसहित नेकपाले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले निषेध आदेश जारी गरेको थियो। निषेध आदेशकै बीचमा पौडेल पुल उद्घाटन गर्न गएपछि झडप हुन सक्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। 

आज दमौलीस्थित कांग्रेस कार्यालयबाट जुलुससहित पौडेल पुल उद्घाटन गर्न पुगेका थिए। कांग्रेस कार्यकर्ताले स्थानीय प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका थिए।  

पुल उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल लगायतका नेताहरु समेत तनहुँ पुगेका छन्।

प्रकाशित: Dec 03, 2020| 07:52 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।