बिहीबार, भदौ २५, २०८३

‘नौ महिना सुतियो, अझै कति सुत्ने ?’

सुरक्षाको मापदण्ड अपनाई रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरुको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं– कोभिड–१९ को जोखिमका कारण झन्डै ९ महिनादेखि रात्रिकालीन व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी सडकमा उत्रिएका छन्।

हिजो बुधबार काठमाडौंको ठमेलस्थित त्रिदेवीमार्गको सडकमा आएका ठमेल क्षेत्रका व्यवसायीहरुले आज माइतीघर, बबरमहल, बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्।  

सुरक्षाको मापदण्ड अपनाई रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरुको छ।

कोरोना संक्रमणको जोखिमका कारण सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै रात्रिकालीन व्यवसाय पूर्ण रूपमा बन्द छ। सरकारले विभिन्न किसिमका पर्यटन व्यवसाय क्रमिक रूपमा स्वास्थ्य मापदण्ड अपनाई सुचारु गर्न दिए पनि रात्रिकालीन व्यवसाय (लाउन्ज, बार, डिस्को, डान्स बार, दोहोरी, गजललगायत) व्यवसाय भने अझै खोल्न दिएको छैन। 

यस्ता व्यवसायीले व्यवसाय पूर्ण रूपमा बन्द हुदाँ घर भाडा, बैंकको व्याज लगायत तिर्न गाह्रो भएको गुनासो गर्दै तत्काल व्यवसाय सुचारु गर्न दिन सरकारसँग माग गरेका छन्।

प्रकाशित: Dec 03, 2020| 07:21 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।