बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घरभित्र लुकाएको २५ किलो गाँजा सहित बाँकेबाट एकजना पक्राउ 

घरभित्र लुकाएको २५ किलो गाँजा सहित बाँकेबाट एकजना पक्राउ 

प्रहरीले बाँकेको नरैनापुरबाट २५ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

बाँके- प्रहरीले बाँकेको नरैनापुरबाट २५ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादव रहेका छन्।

घरमा गाँजा लुकाएर राखिएको भन्ने सूचनापछि रातिको समयमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली खटिएको थियो।

यादवको घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो। प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित: Dec 03, 2020| 07:06 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।