बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बौद्धमा एक घरभित्र आमाछोरी मृत भेटिए, बाबु अचेत अवस्थामा

बौद्धमा एक घरभित्र आमाछोरी मृत भेटिए, बाबु अचेत अवस्थामा

काठमाडौंको बौद्धमा डेरा गरी बस्ने आमा–छोरी मृत भेटिएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं–  काठमाडौंको बौद्धमा डेरा गरी बस्ने आमा–छोरी मृत भेटिएका छन्।

महानगरीय प्रहरी वृत बौद्धका अनुसार एक महिनाको शिशुसहित उनकी २७ वर्षीया आमा मृत भेटिएका हुन्।

वृत्तका डीएसपी नवीन कार्कीका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बा शेर्पा र उनकी एक महिनाको छोरी मृत भेटिएकी हुन्।

भने पेम्बीका श्रीमान ३२ वर्षीय दोर्जे शेर्पा अचेत अवस्थामा भेटिएका छन्। सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाको परिवार नयाँपाटीमा डेरा गरी बस्दै आएका थिए।

डीएसपी कार्कीले अचेत भेटिएका दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए।

उनले भने, ‘राति हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने देखिन्छ, थप अनुसन्धान भइरहेको छ।’

आफू बस्दै आएको घरमा किराना पसल चलाइरहेका उनीहरु बिहान अबेरसम्म नउठेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरीले कोठाको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा भेटिएका थिए भने बुवा छटपटाइरहेको अवस्थामा फेला परेका थिए।

प्रकाशित: Dec 03, 2020| 06:55 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।