बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता पौडेल भन्छन्- 'मेरा करङ हिजोभन्दा आज धेरै दुख्याे'

कांग्रेस नेता पौडेल भन्छन्- 'मेरा करङ हिजोभन्दा आज धेरै दुख्याे'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गणतन्त्रमा पनि पुलिसको दादागिरी उस्तै गरेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् । 
उनले असली लोकतन्त्र कहिले साकार हुने हो ? भन्दै चिन्ता ब्यक्त गरेका छन् । 

गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले लछारपछारगरेर नियन्त्रणमा लिएको थियो।  उक्त घटनाको चौतर्फी विरोध भएपछि प्रहरीले पौडेललाई बुधबार साँझ छाडेको थियो।

प्रहरीको कुटाइबाट दिउँसोभन्दा साझ र हिजोभन्दा आज बढी शरिर दुखेको पनि बरिष्ठ नेता पौडेलले फेसबुकमार्फत जनाएका छन् ।

उनले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ।’

 

प्रकाशित: Dec 03, 2020| 04:17 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।