बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिमकोट विमानस्थलमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा

सिमकोट विमानस्थलमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा

हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ । 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

हुम्ला- हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ ।

आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो निभाएका हुन् ।

विद्युत सर्ट भएर आगलागी हुँदा सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घर जलेर नष्ट भएको हुम्लाका डीएसपी सूर्यप्रकास सुवेदीले जानकारी दिए ।

उनका अनुसार कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ । 

आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको प्रहरीको अनुमान छ । 

बिहान अध्यारोमै आगोको गन्ध आएपछि पल्लो कोठा रहेका कार्यालय प्रमुख विष्णु प्रसाद अधिकारी बाहिर आएर हेर्दा आगलागी भएको थाहा भएको थियो। उनले स्थानीय र प्रहरीलाई खबर गरेका थिए । 

प्रकाशित: Dec 03, 2020| 04:04 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।