बिहीबार, भदौ २५, २०८३

कोरोनाबाट एकै दिनमा विश्वभर १२ हजार ३ सयको मृत्यु

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो एक सातामा मात्रै ८४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ । 
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा विश्वभर १२ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ । 

२४ घण्टामा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो । गत बुधबार नोभेम्बर २५ मा १२ हजार २ सय ६७ जनाको मृत्यु भएको थियो । एकसाता पछि उक्त रेकर्ड तोड्दै हिजो बुधबार एकै दिनमा १२ हजार ३ सय ७२ जनाको मृत्यु भएको हो। 

युरोपीले मुलुक र अमेरिकामा कोरोनाको दोस्रो लहर सुरु भएसँगै मृत्युदर ह्वात्तै बढेको छ । पछिल्लो एक सातामा मात्रै कोरोनाबाट ८४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ । 

वर्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ । यस्तै भारतमा ४ सय ९८, ब्राजिलमा ६ सय ६९, रुसमा ५ सय ८९, फ्रान्समा ३ सय १०, स्पेनमा २ सय ७३, बेलायतमा ६ सय ४८, इटालीमा ६ सय ८४, मेक्सिकोमा ८ सय २५, पोल्यान्डमा ६ सय ९, जर्मनीमा ४ सय ५३ जनाको मृत्यु भएको छ । 

जाेन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर कोरोना भाइरसबाट १४ लाख ९१ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ४७ हजारभन्दा धेरै संक्रमित भएका छन् । 

अमेरिकमामा मात्रै १ करोड ३९ लाख १६ हजारभन्दा धेरै संक्रमित भएका छन् भने २ लाख ७३ हजार २ सय १६ को मृत्यु भएको छ । 

प्रकाशित: Dec 03, 2020| 03:13 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।